You are viewing the translated version of आयोजनाको वर्गीकरण.

Rule 24
आयोजनाको वर्गीकरण
(१) नेपाल सरकारले ऐनको दफा १७ बमोजिम आयोजनाको वर्गीकरण गर्दा आवधिक योजना तथा क्षेत्रगत नीति, रणनीति तथा नेपाल सरकारले अवलम्बन गरेको समग्र विकास नीति समेतको आधारमा गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम आयोजना वर्गीकरण गर्ने आधार तथा मापदण्ड योजना आयोगको सिफारिसमा नेपाल सरकारबाट स्वीकृत भए बमोजिम हुनेछ।
(३) प्रदेश तथा स्थानीय तहले सञ्चालन गर्ने आयोजनाको वर्गीकरण गर्दा उपनियम (१) र (२) मा उल्लेख गरिएको अतिरिक्त प्रदेशको विकास नीति तथा योजना, सम्बन्धित प्रदेश कानून र अन्तर-सरकारी वित्त परिषद्को निर्णय समेतलाई आधार लिनु पर्नेछ।
(४) नेपाल सरकारले यस नियम बमोजिम आयोजनाको वर्गीकरण गर्दा प्रदेश र स्थानीय तहको आयोजना बैङ्कसँग समेत सामञ्जस्यता हुने गरी प्रदेश समन्वय परिषद्को समेत राय सुझाव लिन सक्नेछ।